झापा, माघ ३० । पुरानो रिसिबीका कारण सुनसरी देवानगंजका ५५ वर्षीय शैलेस भगतमाथि गोली प्रहार भएको छ ।

गएराति १२.१०बजे देवानगंज ३ पाँचौसिमर बस्ने अन्दाजी ४५ वर्षीय अरबिन्द यादबसहित २–३ जनाको समूहले भगतलाई छोटो कटुवा पेस्तोलबाट घाँटीमा गोली हानी फरार भएका हुन् । घाइतेलाई उपचारको लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो । सामान्य चोट लागेको हँुदा उनी बिहान डिस्चार्ज भएका छन् । गोली हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।