झापा, फागुन ४ । उदयपुरको कटारी– ७ नौडाँडास्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान १० बजे मिर्चैयाबाट कटारीतर्फ जाँदैँ गरेको प्रदेश नं. २–०१–००३४ प १३०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा कटारी–७ मर्जेपुर घर भई हाल वडा नं. ४ मावि टोल बस्ने २३ बर्षीय रविन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी पछाडी सवार सिरहा धनगढीमाई नगरपालिका वडा नं. १४ दम्ली बस्ने २३ बर्षीय छोरा किरण तामाङ गम्भीर घाइते भएका छन् । तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्