कुमरखोद, फागुन ७ । झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको कुमरखोद साना किसान कृषि सहकारी संस्था घाटामा गएको छ ।

यस आर्थिक वर्षमा ३ तीनलाख ५५ हजार ७ सय अठार रुपैयाँले संस्था घाटामा गएको हो । यो संस्थाले गत वर्ष ७ लाख २१ हजार ४ सय पचहत्तर रुपैयाँ मुनाफा कमाएको थियो । संस्थाले एक वर्षको अवधिमा १५ जना शेयर सदस्यमात्र थप गर्न सफल भएको छ । संस्थामा पुरुषभन्दा बढी महिलाको सहभागिता भएको प्रतिवेदनमा उल्लेख छ । यस संस्थामा १३३ वटा समूहहरु आवद्ध रहेका छन् । संस्थाले दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

झापा वजारमा रहेको रेडक्रसको सभाहलमा संस्थाकी अध्यक्ष सुजता पोखरेलको अध्यक्षता तथा झापा गाउँपालिका न्यायिक समिति सदस्य राजकुमार कोचको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

संस्थाकी अध्यक्ष सुजताले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ६५९ जना शेयर सदस्य रहेको यो संस्थामा महिला ६१८ जना र पुरुष ४१ जना रहेको जानकारी दिएकी छन् । यस संस्थाले ऋण लगानी जम्मा रु २ करोड ७३ लाख ७९ हजार ९ सय ६६ रुपैयाँ गरेको छ भने यस संस्थाले साना किसान विकास बैक बिर्तामोडबाट ऋण १ करोड ५७ लाख ८५ हजार रुपैयाँ लिएको छ । संस्थाको शेयर पुँजी ४४ लाख १० हजार रुपैयाँ रहेको छ भने जम्मा कुल बचत ७२ लाख ९८ हजार ६ सय २५ रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०–८१ मा ३ लाख ५५ हजार ७ सय अठार रुपैयाँ नोक्सान भएको प्रतिवेदनमा उल्लेख छ ।

संचालक समितिकी सदस्य पवित्रा राउतले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि न्यायिक समिति सदस्य राजकुमार कोच, साना किसान विकास बैक बिर्तामोडका प्रतिनिधि जीवन सुवेदी ,साना किसान कृषि सहकारी शरणामतीका अध्यक्ष भुवनसिंह कार्की , वडा सदस्य कमल लिम्वूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कार्यक्रममा पिछडा उत्थान कृषि सहकारीका अध्यक्ष कृष्ण केवरत , साना किसान कृषि सहकारीका अध्यक्ष केशव कटुवाल , उत्सव कृषि सहकारी झापा बजारका पशुपतिलाल गणेश , वडा सदस्य कविता सोरेन , वावरी परियारलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन संस्थाका प्रवन्धक रुपक राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्