झापा, फागुन १० । बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षकसहित व्यवस्थापन समिति र सल्लाहकार समिति गठन गरेको छ ।

पाँच दिवसीय अनुष्ठान र माताको प्राण प्रतिष्ठासहित मन्दिरको उद्घाटन भएपछि त्यसको व्यवस्थापनका लागि संरक्षकसहितको व्यवस्थापन समिति निर्माण गरिएको हो ।मन्दिर निर्माण समितिका संयोजक रोनक वंशलसहित बिर्तामोड नगरपालिका प्रमुख, उपप्रमुख , वडा नम्वर ५ का वडाध्यक्ष, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुखलाई मन्दिरको संरक्षक राखिएको छ । त्यस्तै ३१–३१ सदस्यीय व्यवस्थापन समिति र सल्लाहकार समिति निर्माण गरिएको छ ।
मन्दिर निर्माण समितिका संयोजक वंशलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाई , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानीलगायतको उपस्थितिमा बसेको बैठकले विवेक अग्रवालको संयोजकत्वमा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो । जसको सहसंयोजकमा सुजित अग्रवाल, सचिवमा मनोज बजाज र कोषाध्यक्षमा राजेश अग्रवाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मुकेश अग्रवाल, विकास अग्रवाल, सुमित अग्रवाल, विजय सिङ्गल, श्याम वंशल, मनोज वंशल, तारा श्रेष्ठ, रमा खनाल, टंकप्रसाद खनाल, अजय कलवार, शत्रुघन गुप्ता रौनियार, अशोक चौधरी, श्याम अग्रवाल, निरज वंशल, मनिष पोद्धार, सतिस अग्रवाल, अभिषेक अग्रवाल, रवि वंशल, अनमोल सिङ्गल, रवि शर्मा, साहिल जोधानी, टेकेन्द्र अग्रवाल, नरेश मित्तल, विशाल गोयल , प्रयागचन मित्तल, रितेश अग्रवाल, कौशल अग्रवाल चयन भएका छन् ।
सल्लाहकार समितिमा उमेश डालमिया, निर्मल भट्टराई , राजु न्यौपाने , कुशल खतिवडा ,सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, मोहन मित्तल, प्रशान्त भण्डारी, एकराज गिरी, मेघराज बास्तोला,नवीनकुमार गोयल,नवीन गट्टानी,सुवास भट्टराई,सजेश शिवाकोटी,विष्णुकुमार निरौला,राजकुमार गुप्ता,पार्वता खरेल बिमली, स्वस्तिका आचार्य,नीलम अग्रवाल,दिनेश श्रेष्ठ,निशा गुप्ता, वेदप्रकाश वंशल, विनोद वंशल ,सुशील अग्रवाल ‘सीए’,शुभ कुमाई पाठक, अनुज मारु,शिवकुमार अग्रवाल,दीपचन्द साहेवाला,पप्पु वंशल,रजनिश कर्नानी,महेश चितलाङ्गिया र यज्ञराज अग्रवाल चयन भएका छन् ।
दाताको नामावलीसहित मन्दिर निर्माणमा भएको आय व्ययको विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने मन्दिर निर्माण समितिका संयोजक वंशलले जानकारी दिए ।
दाताको सहयोगसहित बिर्तामोड नगरपालिका र प्रदेश सरकारको अढाई करोड रुपैयाँको लगानीमा सो मन्दिर निर्माण भएको हो ।