झापा, फागुन २४ । ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकस्थित काबेली खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।

आज बिहान १० बजे काबेली खोलाले बगाएर मृत्यु भएका ४७ वर्षीय धनप्रसाद भण्डारीको शव फेला परेको हो । ताप्लेजुङ सिदिङ्वा ६ मेहेले घर भई हाल सिरिजङ्गा ४ सिबुदिन बस्दै आएका भण्डारी हिजो बिहान अपर काबेली हाइड्रोपावरमा ज्यामी काम गर्न गएकोमा बेलुका घर फर्केका थिएनन् ।
सिरिजङ्गा वडा नं. ५ पेदाङस्थित मुखतुराको भीरबाट लडेर काबेली खोलामा पसेका भण्डारीलाई खोलाले बगाएर लगेको थियो । खोलाले बगाई करिव १०० मिटर दक्षिणतर्फ पु¥याई ढुङ्गाको चेपमा अड्किएको अबस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई शव गृहमा राखिएको छ ।