झापा, चैत १ । होलीका दिन झापामा जथाभावी चलाउने ३१ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान ११ बजेसम्म त्यति मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा तीनजना सवार हुने , मादक पदार्थ सेवन गरी चलाउने , बिनाहेल्मेट सवारी चलाउने , बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।