झापा , चैत २९ । नेपाल प्रहरीले बल्ल दुर्गा प्रसाईलाई पक्राउ गरेको पुष्टि गरेको छ ।

प्रहरीले भद्रपुरबाट औपचारिकरुपमा प्रसाईलाई पक्राउ गरेको पुष्टि गरेको हो । चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रही राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसूरमा फरार रहेका प्रसाई र उक्त घटनामा संलग्न उनका अंगरक्षक दिपक खड्कालाई आज भद्रपुरबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् । उनले प्रसाईलाई आवश्यक अनुसनधानका लागि काठमाडौ लगिनेसमेत जानकारी दिएका छन् ।
प्रसाईलाई भारतीय सुरक्षा निकायले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । नेपाल प्रहरीले काँकरभिट्टामा जिम्मा लिएर भद्रपुर लिएर गएको हो । प्रसाईलाई आसाममा स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।