झापा, चैत २९ । इलाममा ट्रयाक्टर चोरी गरी लैजाँदै गर्दा दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

मृतक इलाम नगरपालिका वडा नं १० बस्ने ४३ वर्षीय धनबहादुर राई भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलाम–७ का ईश्वर राईले बाटोमा पार्किङ गरी राखेको को.१ त ७३४१ नम्बरको ट्रयाक्टर बुधवार राति १०.५० बजे लिएर जाँदै गर्दा दुर्घटनामा परी राईको मृत्यु भएको हो ।
घाइते अबस्थामा फेला परेका राईलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । ट्रयाक्टर धनी राईले विगत ४–५ महिनादेखि सो ट्रयाक्टर बाटोमा राखेका थिए । उनी आफैले सो ट्रयाक्टर चलाउने गरेका थिए । विरामी भएपछि ट्रयाक्टर थन्किएको थियो । ती व्यक्तिले ट्रयाक्टर लिएर जाँदै गर्दा टर्निङमा पल्टिएको प्रहरीले जनाएको छ ।