बिर्तामोड , चैत २९ । बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी जेल चलान भएका छन् ।

३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका शिवगञ्ज सेवाकेन्द्रका प्रमुख जीवन भुजेल पक्राउ परेका थिए । झापा जिल्ला अदालतको ८ नम्बर न्यायाधीश ऋत्तबहादुर पुलामी मगरको आजको इजलासले भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको एक कानुन व्यवसायीले जानकारी दिए ।

गौरादह २ घर भई सहकारीको शिवगञ्ज सेवाकेन्द्रको प्रमुख रहेका २८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति , बचत तथा ऋण हिनामिना गरेका थिए । सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको थियो ।

3 वटा प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्