झापा, चैत ३० । झापाको दमक ८ मा आमाको किरियामा बसेका छोराको निधन भएको छ ।

लक्ष्मी टोलमा आफ्नी आमा तिलामाया संग्रौलाको किरियामा बसेका जेठा छोरा ६१ बर्षिय रामप्रसाद संग्रौलाको निधन भएको हो । किरियाको पाँचौं दिन बिहीबार राति सो घटना भएको हो ।

किरियामा बसेका संग्रौलालाई एक्कासि ह्रदयाघात भएपछि उपचारका लागि राति नै दमक अस्पताल लगिएको थियो । राति करिब पौने ९ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । तर पारिवारिक कारणले मृत्यु भएको खबर सार्वजनिक गरिएको थिएन ।

मृतक रामप्रसादका भाई राप्रपाका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्रौलाले दाजुको अन्त्येष्टि आज दिउँसो २ बजे कन्काई माईमा गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्