झापा , बैशाख ३ । जबरजस्ती करणी गरेको आरोपमा मोरङ उर्लावारीका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उर्लावारी– ८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामी रहेका छन् । उनले गत चैत २८ गते राति ९ बजे उर्लावारी ४ भिङ्गाबारीस्थित पञ्चमान राईको खाली जमिनमा रहेको परालको कुन्यूमा लगी बिभिन्न प्रलोभन देखाई २२ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको पीडितले बताएकी छन् ।
हिजो दिउँसो उजुरी परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।