झापा, बैशाख ६ । झापाको बिर्तामोड – २ चैतुबारीमा रहेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा ९० लाख बराबरको क्षति भएको छ ।

गएराति ९.३० बजेतिर बिर्तामोड नगरपालिका वडा न. २ चैतुबारीमा लक्ष्मी श्रेष्ठले संचालन गरेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रीमा प्लाई सुकाउने ड्रायर मेसिन तातिएर आगलागी भएको हो । आगलागीबाट प्लाई सुकाउने मेसिन जल्दा अन्दाजी ९० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोली, स्थानीय , फ्याक्ट्रीका कामदार र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति १०.२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।