झापा, बैशाख ७ । सुनसरीको धरानमा फुटबल खेल्दाखेल्दै एक युवकको मृत्यु भएको छ ।

हिजो साँझ ६.१० बजेतिर धरान –१६ स्थित पुल्चोक फुटबल मैदानमा खेलिरहेको अवस्थामा अचानक रिंगटा लागेर लडेका गणेशमान चोक बस्ने ३७ वर्षीय अनुपम गुरुङको मृत्यु भएको हो । मैदानमा लडेपश्चात् उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्