बिर्तामोड,बैशाख ११ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टको सरुवा भएको छ ।

विष्टको नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्ष नक्सालमा सरुवा भएको हो ।

उनको ठाउँमा विजय श्रेष्ठ आउने भएका छन् । श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय आन्तरिक उडानतर्फ काठमाडौबाट आउन लागेका हुन् । विष्टले गत वर्षको चैत १४ गतेदेखि बिर्तामोड प्रहरीको कमाण्ड सम्हालेका थिए ।

प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्