झापा, बैशाख ३० । झापाको कमल गाउँपालिका वडा न. ३ केर्खामा रहेको खेलमैदानमा एक युवक मृत फेला परेका छन् ।

आज बिहान अन्दाजी १०ः२० बजे केर्खा खेलमैदानमा रहेको मंचको पश्चिमतर्फको चेन्जिङ रुमभित्र उत्तानो परेको अवस्थामा दमक नगरपालिका वडा न. ४ मंगल टोल बस्ने ३५ वर्षीय खगेन्द्र दर्जी मृत फेला परेका हुन् ।
मागी खाइहिड्ने दर्जी सोही चेन्जिङ रुममा बस्ने गरेका थिए । वाहिरी चोटपटक नभएको र शंकास्पद नदेखिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनले त्यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।



