झापा, जेठ १७ । माई खोलाको बाढी पसेपछि झापा गाउँपालिका वडा नं २ स्थित सुगाबथानका २२ घर डुबानमा परेका छन् ।

बाढी घरघरमा पसेपछि स्थानीय मानिस बाटोमा बसेका छन् । जेठा टुडु माइला , सोम बास्की , ताला सोरेन , जेठा टुडु कान्छा , मण्डल टुडु जेठा , सुकदेव टुडु ,मण्डल टुडु कान्छा , कृष्ण टुडु , साईवा टुडु जेठो , जेठा टुडु , साईला टुडु ,गोपाल टुडु कान्छा , काले टुडु , धरमलाल हेमरम , रंजन टुडु , चन्दु सोरेन , गोपाल टुडु जेठो , साईवा टुडु कान्छा , श्याम टुडु ,वुधलाल हास्दा , सुनिराम टुडु , गुणन टुडुलगायतको घरमा डुबान भएको हो ।

बस्तीबाट खोलाको पानी बगिरहेको छ । वर्षा शुरु नहुँदै माई खोलाको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको छ । गएराति परेको हावासहितको पानीले माई खोलामा आएको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्