झापा, जेठ २५ । इलाममा छिमेकीबीच बाटोको बिषयमा विवाद हुँदा एक जना घाइते भएका छन् ।

गएराति ८.३० बजे सूर्योदय नगरपालिका ९ बरबोटे बस्ने ६० वर्षीय मानबहादुर खड्का र सोही ठाउँ बस्ने ४१ वर्षीय ख्यामबहादुर सुनुवारबिच बाटोको बिषयमा विवाद भएको हो । त्यसक्रममा ख्यामबहादुर सुनुवारले फलामको पाइपले हान्दा मानबहादुर खड्का घाइते भएका छन् ।

टाउकोमा चोट लागेका घाइते मानबहादुरलाई उपचारको लागि श्रीनिधी अस्पताल फिक्कल पठाइएको छ । कुटने ख्यामबहादुर र फलामको पाइप प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्