झापा, जेठ २५ । झापामा अर्को बेवारिसे शव भेटिएको छ ।

आज साँझ ६ः३० बजे बिर्तामोड नगरपालिका वडा नं.२ चैतुवारीस्थित श्रीराम प्लाई फ्याक्ट्रीनजिकै कच्ची सडकको किनारामा नाम थर वतन नखुलेको तराईवासी मुलको जस्तो देखिने अन्दाजी .बर्ष ३५ का पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिएर कानुनी प्रकृयालगायतका कार्यहरु भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आजै बिहान कनकाई नगरपालिका वडा नं. २ धनुषकोटीस्थित माई खोलाको बिच भागमा बेवारिसे शव फेला परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्