झापा, जेठ २६ । पानीको भाँडामा डुबेर ताप्लेजुङमा २ बर्षका बालकको मृत्यु भएको छ ।

हिजो बिहान ८ः४५ बजे ताप्लेजुङ मैवाखोला–३ गुम्बाडाँडा बस्ने तेन्जी शेर्पाका छोरा २ वर्षीय निसान शेर्पाको आँगनमा पानी भरेर राखिएको रक्सी (जाँड) पकाउने सिल्भरको भाँडामा डुबेर मृत्यु भएको हो । उनका आमा बुवा घरनजिकै रहेको खेतमा काम गर्न गएका थिए ।

छिमेकी पेम्मा शेर्पाले प्रहरी चौकी साँघुमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर बुझ्दा मृतक बालकको शव भाँडाबाट निकाली घरको सिकुवामा राखेको भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्