झापा , असार ६ । बिहेमा दाइजो आएको अनटेस्ट मोटरसाइकलमा तीनजना चढेर तीब्र गतिमा चलाउँदा झापा गाउँपालिकामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

झापा गाउँपालिका वडा न.४ चौधरी टोलस्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो । आज बिहान ११;३५ बजे झापा गाउँपालिका वडा न.४ चौधरी टोलस्थित हुलाकी सडकखण्डमा पन्थापाडाबाट झापा बजारतर्फ जाँदै गरेको अनटेस्ट अपाची मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय ईनरुल भन्ने फकिर अली , पछाडि सवार २२ वर्षीय साहिदुल हक र २१ वर्षीय सोहिल मिया घाइते भएका थिए ।

घाइतेमध्ये साहिदुल हकलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य दुई जना घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो मोटरसाइकल हिजो मात्र दाइजोको रुपमा आएको थियो । बेहुलाका साथीहरुले सो मोटरसाइकल चलाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्