झापा, भदौ २१ । जिल्ला प्रशासन कार्यालय आवद्ध टिम प्र.जि.अ. ११ र झापास्थित ट्रेड युनियनहरू आवद्ध टिम ट्रेड युनियन ११ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ।

झापाको भद्रपुस्थित मेची रंगशालामा शुक्रबार सम्पन्न खेलमा ट्रेड युनियन ११ लाई ४–३ गोल अन्तरले हराउँदै प्र.जि.अ. ११ विजयी भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासहितको प्र.जि.अ. ११ टिममा जिल्ला प्रशासन कार्यालय मातहतका कार्यालय प्रमुख र कर्मचारी संलग्न थिए भने ट्रेड युनियन ११ मा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन झापाका अध्यक्ष रामचन्द्र बस्नेतसहित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन एवं एकीकृत कर्मचारी संगठन आवद्ध पदाधिकारी एवं सदस्यहरू संलग्न थिए।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको प्रमुख आतिथ्यता रहेको सो खेलकुद कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उपरीक्षक उमेश पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारी, मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत टिकामणि न्यौपाने, नापी कार्यालय झापाका प्रमुख नापी अधिकृत सुनिल आनन्द, कारागार कार्यालय झापाका प्रमुख रेवन्त भट्टराई,फुटबल संघ झापाका अध्यक्ष दिपेश ढकाल समेतको उपस्थिति रहेको थियो।

त्यसैगरी जिल्लास्थित ट्रेड युनियनका तर्फबाट नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष हिरण्य न्यौपाने, नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष लक्ष्मी दाहाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष रामचन्द्र बस्नेत, एकीकृत कर्मचारी संगठनका उपाध्यक्ष वेनु सुवेदी समेतको उपस्थिति रहेको थियो।

२०१३ भाद्र २२ गते पहिलो निजामती सेवा ऐन लागू भएकोले प्रतेक बर्ष भाद्र २२ गते निजामती सेवा दिवस मनाउँदै आएकोमा यस बर्ष समेत निजामती सेवा दिवस– २०८२ को अवसरमा अन्य कार्यक्रमका अतिरिक्त मैत्रीपूर्ण फुटबल खेल आयोजना गरी दिवस मनाउने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा जिल्लास्थित कार्यालय प्रमुख र ट्रेड युनियन पदाधिकारी सहितको बैठक बसी निर्णय गरिएको थियो । सो बमोजिम मैत्रीपूर्ण फुटबल खेल खेलिएको नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य एवं जिल्ला प्रशासन कार्यालय झापाका नायब सुब्बा तथा ट्रेड युनियन ११ तर्फका खेलाडी यदुनन्दन दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्