झापा,भदौ २४ । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित अधिकारीले भदौ २४ गते सिंहदरबारमा लिखित वक्तव्य सार्वजनिक गर्दै आफूले मन्त्री पदबाट राजीनामा दिएको जानकारी दिए ।
अधिकारीले लोकतन्त्रमा नागरिकले प्रश्न सोध्ने, शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई सम्मान गर्नुको साटो दमन भएको आरोप पनि लगाएका छन् ।
“मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले नैतिक रूपमा क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा गरेको जानकारी गराउँदछु,” मन्त्री अधिकारीले भनेका छन् ।
मन्त्री अधिकारीका छोरा विजय अधिकारीले कृषिमन्त्रीले राजीनामा दिएको बताए ।