झापा, असोज १६ । झापाको बुट्टावारीमा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

आज बिहान ९ः३० बजे बिर्तामोड –६ गिरीबन्धु टि–इस्टेट अगाडी पूर्बपश्चिम राजमार्गमा बिराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४५९ नं को सगरमाथा यातायात यात्रुबाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा बसका कन्डक्टर मोरङ रंगेली –२ बस्ने वर्ष ४२ का राजकुमार चौधरी र यात्रु सुनसरी इटहरी –११ बस्ने बर्ष ४६ का दिनेशकुमार भट्टराईको मृत्यु भएको हो । चौधरीको घटनास्थलमै र भट्टराईलाई उपचारका लागि लाँदै गर्दा ज्यान गएको हो ।
दुर्घटनामा घाइते हुनेहरु निम्न छन्;–
१) सुनसरी इटहरी न.पा–११ बस्ने बर्ष– ३८ का गुलसनराज शर्मा (हात खुट्टामा चोट सामान्य)
२) ऐऐ बस्ने उनकी श्रीमती बर्ष–३६ की अंकिता शर्मा (हात खुट्टामा चोट सामान्य)
३) ऐऐ बस्ने उनकी छोरी बर्ष–६ की मनसुई शर्मा (टाउको चोट अवस्था मध्यम)
४) ऐऐ बस्ने बर्ष–३७ की बिनु शर्मा (टाउकोमा चोट अवस्था मध्यम)
५) मोरङ बिराटनगर महानगरपालिका वडा नं–२ बस्ने बर्ष–४२ का सोमकुमार भुजेल –सहचालक (हात खुट्टामा चोट सामान्य)
६) पाँचथर कुम्मायक गा.पा–६ बस्ने बर्ष–२८ की गंगा लिम्बू(हात खुट्टा अनुहारमा चोट सामान्य)
७) .झापा कमल गा.पा–७ बस्ने सुवास लावतीका छोरा बर्ष–८ का लाजिहाङ लावती (टाउको चोट अवस्था मध्यम)
८) ऐऐ बस्ने बर्ष–२३ की सुहाना लिम्बू (हात खुट्टामा चोट सामान्य)
९) ऐऐ बस्ने निजकै भतिजो बर्ष–५ का मेङ्सो लिम्बु (हात खुट्टामा चोट सामान्य)
१०) मोरङ बिराटनगर मनपा –१ बस्ने बर्ष १७ की अनुषा भट्टराई –सामान्य
११)ऐ.ऐ. बस्ने बर्ष –३६ की मन्जु खतिवडा –(हात खुट्टा अनुहारमा चोट सामान्य)
१२) झापा दमक नपा –१ बस्ने बर्ष –६० की राधिका खतिवडा (हात खुट्टा अनुहारमा चोट सामान्य)
१३)जिल्ला ताप्लेजुङ फक्तालुङ गापा–१ बस्ने राकेश लिम्बू –(हात खुट्टा अनुहारमा चोट सामान्य)
घाइते तथा मृतकलाई बीएण्डसी अस्पताल पठाइएको र बस चालक तत्काल फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



