झापा, असोज १८ । झापाबाट चल्ने लामो दुरीका सवारी साधनलाई रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले लामो दुरीका सवारी साधनलाई रोक लगाएको हो । भारी वर्षाका कारण काठमाण्डौ ,पोखरा , नारायणगढलगायतका ठाउँमा जान सक्ने अबस्था नरहेको र गएका सवारी साधनहरुलाई पनि फर्काउनु परिरहेकाले आज दिउँसोबाट झापाबाट छुट्ने लामो दुरीका सवारी साधनलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले पूर्वपश्चिम राजमार्गको झापा खण्ड सामान्य रहेको र सवारी आवागमन भइरहेको जानकारी दिए ।



