झापा, असोज २० । झापाको दमकमा दुईवटा यात्रुबाहक बस एकापसमा जुधेका छन् ।

आज बिहान ९ बजे दमक – ९ शान्तिमार्गस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट धरानतर्पm जाँदै गरेको को.१.ख. ६४७२ न.को बस र विपरित दिशाबाट आउँदै गरेको ग.१.ख. १६३६ न.को बस एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा ६४७२ न.को बसमा सवार मोरङ पथरी शनिश्वरे १० बस्ने ६० वर्षीया देबीमाया पौडेल घाइते भएकी छन् । टाउकोमा चोट लागेकी पौडेलको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । बस इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।




ganesh.maden52@gmail.com
गल्ती पुर्बबाट पश्चिम जादै गरेको लोकल बसको हो । त्यसबेला म पनि त्यहि ठाउँमा चिया पियुउदै थिए।
गल्ती पुर्बबाट पश्चिम जादै गरेको लोकल बसको हो । त्यसबेला म पनि त्यहि ठाउँमा चिया पिउदै थिए।