झापा, कात्तिक १० । कन्काई माई खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो झापाको शिबसताक्षी–९ बैसावारीस्थित माईखोलामा डुबेर अन्दाजी ५५वर्षका पुरुषको मृत्यु भएको हो । उनको पहिचान खुल्न सकेको छैन । माईखोलाको पानीको बिच भागमा उनको शव फेला परेको हो ।
तत्काल नाम थर वतन खुल्न नसकेका पहाडे मुलको मंगोलियन अनुहार भएको, कम्मरभन्दा मुनि मात्र कालो रङको ट्रयाकसुट लगाएको पुरुषको शव स्थानीयले देखेर इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराएका थिए । इप्रका झिलझिलेबाट प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा टोली खटिएर अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



