झापा, माघ ६ । झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान उपसभामुख इन्दिरा राना मगरले उम्मेद्वार दिएकी छन् ।

केहीबेरअघि अर्जुनधारा नगरपालिकामा रहेको २ नं निर्वाचन कार्यालयमा पुगेर उनले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन दर्ता गराएकी हुन् । निर्वाचन अधिकृत महेश खत्रीले मगरको मनोनयन दर्ता गरेका छन् । झापा २ मा निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवार झापा–२ कै स्थायी बासिन्दा हुन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा घिमिरे यहिबाट निर्वाचित भएर सभामुख र रानामगर यसअघि समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेर उप सभामुख बनेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्