(झापा ) झापा हल्दीबारीका एक युवामा कोरोना संक्रमण देखिएको हल्ला निराधार भएको स्वास्थ्य सम्बद्ध एक अधिकारीले दाबी गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन तथा जिल्ला विपद व्यवस्थापन समिति सहायता कक्षका सचिव जीवन चौलागाईँले कोरोना पोजेटिभ पुष्टि भएको समाचार अपुस्ट भएको दाबी गरेका हुन् । उनले बुधबार हल्दीबारीको क्वारेन्टाइन र त्यहाका होम क्वारेन्टाइनमा रहेका ५७ जनाको ¥यापिड टेस्ट (आरडिटी) गरिएको भए पनि रिपोर्ट बाहिर आए जस्तो नभएको बताए ।
“परीक्षणमा अहिलेसम्म पोजेटिभ देखिएको छैन” चौलागाईंले भने,“थप परीक्षणका लागि स्वाब बाहिर पठाउने अन्तिम तयारी भइरहेको छ, अहिलेसम्म स्वाब पठाएको छैन, कसरी बाहिर हल्ला भयो, हामीलाई थाहा भएन ।” एक महिना अघि दुबइबाट हल्दीबारी आएका एक युवामा कोरोना पुष्टि भएको हल्ला चले पछि र केही सञ्चार माध्यममा समाचार आएको भन्दै झापामा सनसनी मच्चिएको छ । यो समाचार तयार पार्दासम्म (बेलुका ७.५० सम्म) झापाका कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको चौलागाईंको दाबी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्