झापा,बैशाख २० । अर्जुनधारा नगरपालिका— १ स्थित सानो नेते खोलामा आएको बाढीले बगाएर आज बिहान एक बृद्धको मृत्यु भएको छ ।

बाढीले बगाएर स्थानीय ६८ वर्षिय दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो । उनको शव सातकटेरीमा फेला परेको छ । आज बिहान खोलामा शव भेटिएको र त्यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । खोलामा मृत भेटिएका मगर मादक पदार्थ खाएर हिड्ने गरेकाले खोलाले बगाएरै मृत्यु भएको भनेर अहिले नै यकिन गर्न नसकिएको र त्यसबारे अनुसन्धान थालिएको उनले जनाए ।

मगरको शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ । परिवारले भने खोलाले बगाएर मृत्यु भएको जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्