झापा, बैशाख २२ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेको नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको छ ।
आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले भोली विहानेदेखि अर्काे सूचना जारी नभएसम्म नेपालगञ्ज उपमहानगरपालिकाका २८ वटै वडामा पूर्णतः निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रदेश नम्वर एक सांसद कृष्णा केसी नमुनाले जानकारी दिइन् । खाद्यान्न तथा तरकारी किन्नेको नाममा भीड बढेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताइन् । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली नेपालगञ्ज पुगी अस्पताल,संक्रमण क्षेत्रको निरीक्षण गरेको थियो ।
नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा थप १५ जनामा कोरोनो पोजेटिभ देखिसकेको छ । स्वाब संकलन गरिएका ९५ जनामध्ये ३० जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमित सबैको सामान्य अवस्थामा बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।