बाँके , जेठ ४ । बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज इन्सपेक्टर मानबहादुर विसीका अनुसार नरैनापुर ५ को दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका २५ वर्षका युवकको आज बिहान करिव पौने ७ बजे मृत्यु भएको हो । युवकले बिहान ५ः३० बजेतिर बान्ता गरेका थिए ।

उनी ३० वैशाखमा भारतको मुम्बइबाट घर फर्केका थिए । हिजो उनी लगायत क्वारेन्टाइनमा बसेका ३९ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट भने आउन बाँकी छ । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज खरालका अनुसार युवकलाई ज्वरो पनि आएको थियो । रिपोर्ट आउन कम्तिमा ६ देखि ७ घण्टा लाग्ने बताइएको छ । यसअघि नरैनापुरमा भेटिएका ८ जना संक्रमितमध्ये ६ जना सोही दीपेन्द्र प्राविकै क्वारेन्टाइनका हुन् । उनीहरुको अहिले दाङको बेलझुण्डिस्थित आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्