दमक, जेठ ५ । लायन्स क्लवहरुले झापाको दमकबाट दुई जना बेवारिसे वालबालिकालाई उद्दार गरी बाल आश्रममा जिम्मा लगाएका छन् ।

दमक ५ स्थित कन्काई टोलस्थित दमक चित्र मन्दिर पछाडिको टहरामा बेवारिसे अवस्थामा भेटिएका ४ बर्षका चन्द्रबहादुर श्रेष्ठ र ७ बर्षकी दिव्या धिमाललाई टोल समिति तथा वडा कार्यालयको रोहवरमा उद्दार गरी दुवैलाई संरक्षणका लागि मोरङ्गको उर्लावारीस्थित नमुना बालआश्रममा बुझाईएको लायन्स क्लव अफ दमक गोल्ड वर्ष २०२० –२१ का सचिव नविन कुमार राईले बताएका छन् । उनका अनुसार श्रेष्ठका बाबु नभएको तथा आमा जनमन गर्दै आएकी र अर्की बालिका भने अभिभावकविहीन भएकी हुन् ।

गोल्डसहित लायन्स क्लव अफ लखनपुरको टोलीले ती बालबालिकालाई शिक्षादिक्षाका लागि आश्रममा पुर्याएका थिए । त्यस अवसरमा लायन्स क्लव ३२५ (ए )का उपाध्यक्ष रेवतबहादुर कार्की लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्