झापा , जेठ ८ ।झापाको कचनकवलमा एकैदिन १५ जनामा कोरोना संक्रमण देखा परेको छ ।

प्रदेश प्रयोगशालामा विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप १० जनामा कोरोना पोजेटिभ देखिएको हो । यसअघि सोही प्रयोगशालामा गरिएको परीक्षणमा कचनकवलकै ५ जनामा कोरोना देखिएको थियो । सो पालिकामा यसअघि नै १० जनामा कोरोना पुष्टि भएको थियो । कचनकवलमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । त्यो संख्या अझ बढ्ने अनुमान गरिएको छ । झापामा हालसम्म २७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । बाँकी दुई जना दमक र बाहदशीका रहेका छन् । प्रदेश १ मा बुधबार एकैदिन १७ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको हो ।

बुधबार दिउँसो झापाका ५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा राति ११ बजे कचनकवलका थप १० जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको छ । संक्रमितहरु कचनकवल गाउँपालिका ३, ६, ८ मा बस्ने १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षका पुरुष र धनकुटा निवासी ३४ वर्षीय पुरुष सुनसरी, धरान उप–महानगरपालिकाका ५१ वर्षका महिला हुन् । सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । नेपालका संक्रमितको संख्या ४४४ पुगेको छ । हालसम्म ४५ जना निको भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्