झापा, जेठ ८ । झापाको कचनकवलमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै पुरुष हुन् कोरोना पुष्टि भएकाहरु लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा राखिएका व्यक्ति हुन् ।

उनीहरुको स्वाब परीक्षणका लागि मंगलबार कोरोना अस्पताल बिराटनगर पठाइएको थियो । हिजो दिउँसो ५ र बुधबार मध्य रातमा १० गरी १५ जनामा कोरोना पुष्टि भएको थियो । सो क्वारेन्टाइनमा ६५ जना राखिएको थियोे । संक्रमित उनीहरू मध्येकै भएको जनाइएको छ । कोरोना अस्पताल स्रोतले उनीहरूमा संक्रमण पुष्टि गरेको छ । योसँगै कचनकवलमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।
कोरोना संक्रमण पुष्टि भएका सबै गत शनिबार बुम्बइ हुँदै दिल्ली भएर नेपाल आएका व्यक्ति भएको कचनकवल गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दुर्गा पौडेलले बताए । लक्ष्मीप्रसाद देवकोटा मावि क्वारेन्टाइनका ४२ जनाको रिपोर्ट आउने बाँकी रहेको छ । सोमबार र मंगलबार पथरिया माविका १० जनामा कोरोना पुष्टि भएको छ । त्यहाँका ३३ मध्ये २३ जनाको रिपोर्ट नेगेटिभ आएको थियोे ।

नेपालमा आज २६ जनामा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या थपिएको जानकारी दिए । यसैगरी गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको उनले जानकारी दिए । नेपालमा ३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ४९ जना निको भएर डिस्चार्ज भएका छन् । आज टेकू अस्पतालबाट नवौं दिनमा ४ जना डिस्चार्ज भए । यसअघि आज बिहान झापा कचनकवलका १५,धरानमा १ र धनकुटाका १ जनालाई गरि १७ जनालाई कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्