झापा, जेठ ९ । थप ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राति ८. १५ मा अद्यावधिक गरेको विवरण अनुसार थप ९ जना संक्रमित थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।
यसअघि मन्त्रालयले शुक्रबार बिहान ३० र दिउँसो २० नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि गरेको थियो । ससँगै आज मात्रै ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्