झापा, जेठ १० । कोरोना भाइरस रोगको पुष्टि भएकी मकवानपुर हेटौडाकी महिलाको शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

मुटुको चालमा गडबढी आई ६ दिनअघि शिक्षण अस्पताल ल्याइएकोमा उनलाई कोरोना पुष्टि भएको हो । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम) स्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू आइशोलेसनमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ । महिलालाई कोरोना पुष्टि भएपछि सीसीयू आइसोलेसन वार्ड सिल गरिएको छ ।
५४ वर्षकी संक्रमित महिलाको स्थायी घर मकवानपुर हेटौडा ३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुटुको समस्या भई अस्पताल आएपनि निमोनिया देखिएपछि चिकित्सकहरुले कोरोना परीक्षण गर्न पठाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्