झापा, जेठ १० । झापामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै झापामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ ।

झापा गाउँपालिकाको डिल्लीराज माविमा रहेको क्वारेन्टाइनमा बसेका वडा नं ४ का एक ३० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी जेठ ४ गते भारतको मुम्बईबाट फर्केर क्वारेन्टाइनमा बसेका थिए । तीनजना सँगै घर फर्केकोमा अन्य दुई जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । यसअघि झापाको कचनकवल गाउँपालिकामा ३३, बाह्रदशी गाउँपालिकामा १ र दमक नगरपालिकामा १ जना कोरोना संक्रमित भेटिएका थिए । उनीहरुमध्ये २ जना निको भएर घर फर्किसकेका छन् । योसंगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्