झापा, जेठ १३ । रौतहट,बारा,महोत्तरी र कर्णालीमा गरी आज थप ४० जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

रौतहटमा २१,बारामा ५ , महोत्तरीमा २ जनालाई कोरोना पोजेटिभ देखिएको स्रोतले जानकारी दिएको छ । बाराका ५ संक्रमित भनिएकामध्ये २ जनाको स्थायी ठेगाना जुम्ला रहेको छ ।
यसअघि कर्णालीमा १२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७२० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्