झापा , जेठ १३ । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुर्खेतमा संक्रमितको संख्या १५ पुगेको छ ।

यसअघि बराहतालका दुई र चौकुने गाउँपालिकाका एक गरी तीन जनामा संक्रमण देखिएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार हिजो साँझ पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका दुई जना गरी १२ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले उनीहरु सबै भारतबाट आएको जानकारी दिए । केहीदिन अघिमात्र भारतबाट फर्किएका उनीहरुको नाकाबाटै नमूना संकलन गरिएको थियो ।
सुर्खेतमा संक्रमितको संख्या १५ पुगेसँगै कर्णालीमा भने यो संख्या २३ पुगेको छ । मन्त्रालयका अनुसार यसअिघ दैलेखका आठ जनामा कोरोना पुष्टि भइसकेको छ । उनीहरु पनि भारतबाट फर्किएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्