बैगुनधुरा , जेठ, १५ । बुधबार कोरोना पुष्टि भएका गौरादह नगरपालिकाका दुई युवा एउटै टोलका भएको खुलेको छ ।

उनीहरू गौरादह नगरपालिका — ९ ( साविक बैगुनधुरा —९ ) माथिल्लो दहगाउँका युवा हुन् । उनीहरुको घरको दुरी पाँचदेखि सात सय मिटर जति भएको जनाइएको छ । उनीहरु दुबै जना भारतमा रोजगारीमा गएर कोरोना संक्रमणपछि सीमासम्म आएका व्यक्ति हुन् । २४ — २५ वर्ष समूहका उनीहरूमध्ये भारतको उत्तर प्रदेश हरियानाबाट दिल्ली हुँदै नेपाल आएका थिए । जेठ ११ गते कुञ्जीबारी नाकाबाट आएका उनलाई सिधैँ क्वारेन्टाइन लगिएको थियो । सो दिन उक्त नाकाबाट १४ जना नेपाल आएका थिए । उनीहरुलाई सम्बन्धित पालिकाले आफ्नो एरियाभित्र निर्माण गरेको क्वारेन्टाइनमा लगेका थिए । अर्का संक्रमित काँकडभिट्टा नाकाबाट जेठ १० गते नेपाल प्रवेश गरेका थिए । उनी बंगालको सिक्किमबाट फर्किएका व्यक्ति हुन् । उनलाई पनि सिधैँ क्वारेन्टाइन लगिएको थियो । काँकडभिट्टा नाकाबाट आउने उनी पहिलो संक्रमित भएको खुलेको छ । गौरादह—७ को ग्वालडुब्बा क्वारेन्टाइनमा राखिएका उनीहरूसँगै ४२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि बिराटनगर पठाइएको थियो । त्यसमध्ये २० जनाको टोलीमा परेका उनीहरूको रिपोर्ट आएको हो । उनीहरुलाई उपचारका लागि धरान पठाइएको गौरादह नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्