गौरादह, जेठ २० । आज साँझ गौरादहमा ट्याक्टरले किचेर ट्याक्टर चालकको मृत्यु भएको छ ।

साँझ ६ बजतिर गौरादह १ जनता माविस्थित बिग्रिएको मे १ त १९३२ नम्बरको ट्याक्टरलाई मे १ त ४१६१ नम्बरको ट्याक्टरले तानेर ल्याउने क्रममा मे १ त १९३२ नम्बरको ट्याक्टर चालक सिटबाट झर्ने क्रममा सोही ट्याक्टरको ठूलो चक्काले किचेर घाईते भएका थिए । घाईते चालक गौरीगंज १ तुलाचन बस्ने वर्ष २७ का जितु राजबंशीलाई उपचारको लागि दमक लाईफलाईन अस्पतालतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुबै ट्याक्टर र मे १ त ४१६१ नम्बरको ट्याक्टरको चालक कमल १ बस्ने बर्ष ३१ का विश्वा मल्लिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्