बिर्तामोड, जेठ २१ । बिर्तामोड नगरपालिकाद्वारा ०७४ सालदेखि सुरु गरिएको नगरप्रमुख पकेट ग्रामीण बाख्रा साटासाट कार्यक्रमअन्तरगत वितरित समूहले अर्को समूहलाई बाख्रा फिर्ता गरेको छ । सो कार्यक्रमले बिर्तामोड नगरपालिकाका कृषि समूहहरुलाई अनुदानस्वरुप बाख्रा बितरण गरेको थियो ।

सो समयमा बितरण गरिएको एउटा समूह बिर्तामोड —९ स्थित नव नमूना बाख्रापालन समूहले अर्को समूहलाई बाख्रा फिर्ता गरेको पशु शाखा प्रमुख साबित्राकुमारी दाहालले बताइन् ।नगरपालिकाले प्रत्येक समूहका १५ जनालाई ३ वटाका दरले बाख्रा प्रदान गरेको थियो । सो कार्यक्रममा नव नमूना बाख्रापालन समूहकी अध्यक्ष कमला थापाले आफूहरुले नगरपालिकाको नीतिबमोजिम बाख्रा पाठा फिर्ता गरेको बताइन् ।
यसरी प्राप्त ४५ वटा बाख्रा पाठा बिर्तामोड ९ लखिबारी यूवा बाख्रापालन समूहका किसानलाई नगर उपप्रमुख पबित्रा महतरा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, प्रशासन शाखा प्रमुख देवराज कार्कीलगायतले वितरण गरेको पशु शाखाका कर्मचारी बिष्णु भट्टराईले जानकारी दिए ।
यस कार्यक्रमअन्तरगत किसानहरुलाई खोर निर्माणदेखि बाख्राको बिमा र उपचार सेवा प्रदान गरिदै आएको पशु शाखाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्