झापा, जेठ २६ । कोरोना भाईरस रोगको उपचार गरी वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका थप २८ जना निको भई घर फर्किएका छन् ।

प्रतिष्ठानमा उपचारपश्चात् उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ भएपछि गएराति ११ बजे डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले बताए ।कोरोना जितेर घर फर्किनेमा झापाको विभिन्न स्थानिय तहबाट प्रतिष्ठान भर्ना भएका १८ देखि ५६ बर्ष उमेरका सबै पुरुष रहेको डा. सापकोटाले बताए । यसअघि झापाका ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्