झापा, जेठ २७ । नेपालमा आज ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो। थपिएका चितवन, धादिङ, बागलुङ म्याग्दी तथा धनुषालगायत जिल्लाका छन्। मंगलबार थपिएका ३२३ संक्रममितसँगै नेपालमा अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । त्यस्तै, आज ९६ जना कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण तीव्र रूपले फैलिरहेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ७२ जिल्लामा कोरोना फैलिसकेको छ । पछिल्लोपटक संक्रमण हुनेमा इलाम जिल्ला परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्