बिर्तामोड जेठ ३२ । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवं कन्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीलाई अस्पताल भर्ना गरिएको छ ।

टाउकोमा समस्या देखिएपछि उनलाई आज साँझ बिर्ता सिटी हस्पिटल बिर्तामोडमा भर्ना गरिएको हो । उनको टाउकोमा रगत जमेको कुरा चिकित्सकले बताएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए । भण्डारीको राति ८ बजेदेखि टाउकोको शल्यक्रिया शुरु भएको जनाइएको छ । शल्यक्रियाका लागि रगत चाहिएको र रगत दिन भण्डारीका भतिजा नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा अस्पताल पुगेको ढकालले बताए ।

१ प्रतिक्रिया

  1. शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्