भद्रपुर, असार ८ ।
भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीको अस्वाभाविक भीड लाग्न थालेको छ ।

सरकारले असार १ गतेबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांस सेवाग्राहीको चापले मालपोत कार्यालयमा भीड लागेको हो ।
चैत्र ११ गतेबाट सरकारी कार्यालय बन्द भएपछि सुनसान रहेको सदरमुकाममा सरकारी कार्यालयले सेवा दिन थालेपछि चहलपहलसँगै सडकमा पनि सवारी चाप अस्वाभाविक बढेको छ ।
सरकारले कोभिड–१९ जोखिमबाट नागरिक बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि सम्पूर्ण कार्यालयका सेवा अबरुद्ध थिए । बन्द रहेका अधिकांस कार्यालयहरू खुलाउने सरकारी निर्णयसँगै सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरू सञ्चालनमा आएका छन् ।

सरकारी कार्यालय सञ्चालनमा आएपछि कोरोना संक्रमण त्रास भने बढेको छ । काम लिने हतारोमा भीडभाड गर्ने सर्वसाधारणलाई नियन्त्रण गर्न सरकारी कार्यालयमा संभावना कम देखिएपछि कोभिड १९ संक्रमणको त्रास बढेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्