दमक, असार १० । दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

आज सातौ नगरसभाको उद्घाटनमा नगर उपप्रमुख गीता अधिकारीले नीति तथा कार्यक्रम सहित सो बजेट सार्वजनिक गरेकी हुन् ।
जसमध्ये चालुतर्पm ७७ करोड ७७ लाख ६५ हजार रुपैयाँ र पूँजीगततर्पm ५३ करोड ५२ लाख ७० हजार रुपैयाँ बिनियोजन गरिएको उनले जानकारी दिईन् ।
नगरपालिकाले कोरोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाईएको छ । कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा छुट सहित राहतका कार्यक्रम समेत राखिएको छ ।
त्यसैगरी आगामी आर्थिक बर्षमा स्वरोजगार र उद्यमशिलतालाई समेत बिकास गर्ने लक्ष्य राखिएको छ । लकडाउनका कारण ठप्प रहेको शैक्षिक गतिबिधिलाई पनि चलायमान बनाउन बजेट केन्द्रीत रहेको उपप्रमुख अधिकारीले जोड दिईन् । उपप्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरसभासदको सुझाव र रायसहित सर्वसम्मत पारित गरिएको छ । नगरसभा सदस्यहरुले उठाएको प्रश्न र सुझावको नगर प्रमुख रोमनाथ ओलीले जवाफ दिएका थिए । नगरसभाको अर्को बैठक असार १३ गते दिउँसो २ बजे बस्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए ।
कमलको ८१ करोड ८५ लाख बढीको वजेट
यसैगरी कमल गाउँपालिकाकोे सातौ गाउँसभा आज शुरु भएको छ । गाउँसभा उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम प्रस्तुत् गरिन् ।
यस्तै गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले आगामी आर्थिक वर्षका लागि ८१ करोड ८५ लाख ९१ हजार ७ सय ९९ रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरे । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । दुर्गा ढुंगेललाई सर्वोत्कृष्ट तथा दूर्गा कार्की, बाबुराम थुलुङ्, गौरीशंकर ओली र सुवाश दाहाललाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको हो ।
गाउँसभाको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरेका थिए । सो क्रममा उनले आगामी २ वर्षभित्रमा यस क्षेत्रमा आधारभूत आवश्यकताको रुपमा रहेका पूर्वाधार निर्माणको काम पूरा गरिने बताए । तीन वर्षको अवधिमा कानून निर्माण, पूर्वाधार निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिएको भन्दै अबको २ वर्षमा बाँकी रहेका काम पूरा गर्ने उनले बताए ।
गौरीगञ्जको नीति तथा कार्यक्रम प्रस्तुत
त्यसैगरी गौरीगञ्ज गाउँपालिकाको छैठौ गाउँसभामार्फत आर्थिक वर्ष २०७७— ७८ को नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले औपचारिक उद्घाटन गरेको छैठौ गाउँसभामा उपाध्यक्ष दिपिन्द्र थापाले गत वर्षको नीति तथा कार्यक्रम र वजेटको कार्यान्वयन पक्षलाई समेत समीक्षा गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गौरीगंज गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारमा उन्नति, पूर्वाधार विकाससहित गौरीगञ्जको समुन्नति’ भन्ने नारालाई निरन्तरता दिदै त्यस अनुरुप नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, साना तथा मझौला उद्योग स्थापनामा जोड दिइएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा कृषिलाई आधुनिकीकरण, सामूहिक खेती, स्थानीय उत्पादनलाई प्रोत्साहन, व्यावसायिक पशुपंक्षीपालन, दीर्घकालिन भौतिक संरचना तथा शिक्षाको गुणस्तर बढाउन नमुना विद्यालयको विकास गर्ने, कोभिड १९ को महामारीलाई नियन्त्रण र रोकथाम गर्ने, विपन्न परिवार तथा पशु विमालाई प्राथमिकता दिनेलगायत नीति तथा कार्यक्रममा समेटिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्