दमक, असार १२ । दमकमा आज शुक्रवार थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार यसरी कोरोना संक्रमित हुनेहरुमा दमक ४ का १ जना, दमक ३ का १ जना र दमक १ का १ जना रहेका छन् ।
दमकबाट केही दिनअघि क्वारेन्टाईनमा रहेका ६१ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको थियो । संक्रमित सवैलाई उपचारका लागि अस्पताल पठाउने तयारी भईरहेको जनस्वास्थ्य निरीक्षक वरालले वताएका छन् ।
योसँगै दमकमा मात्र संक्रमितको संख्या ६ पुगेको छ । ती मध्ये १ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्