दमक, असार १२ । झापाको दमक— ८ स्थित बालुवाटार क्षेत्रमा रोटरी सामुदायिक पार्क बन्ने भएको छ ।

रोटरी क्लव अफ दमकको अगुवाईमा निर्माण हुने पार्कको आज विहान एक कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शिलान्यास गरे ।
वडा कार्यालयमार्फत दमक नगरपालिकाले उपलव्ध गराएको करीब अढाई कठ्ठा जमिनमा रोटरी क्लव अफ दमकले सामुदायिक पार्क बनाउन शुरु गरेको क्लवका अध्यक्ष सन्दिप चापागाई (दिपु ) ले बताए । पार्क निर्माणका लागि नगरपालिकाले भोगाधिकारसहितको जमिन दिएपछि क्लवले पार्क निर्माण थालेको उनले बताए ।
क्लवसहित स्थानीय सरकारको सहकार्यमा मनोरञ्जन तथा पर्यावरण संरक्षणमा सघाउँ पुर्याउन पार्क निर्माण शुरु गरिएको अध्यक्ष चापागाईले जानकारी दिए ।
दमकमा पार्क नभईरहेको वेला पार्क निर्माणले नगरको आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने दमक— ८ का वडाध्यक्ष पशुपतिराज गौतमले बताए ।
पार्क शिलान्यास कार्यक्रममा नगर उपप्रमुख गीता अधिकारी ,रोटरीका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो । नगरपालिकाले नगर क्षेत्रभित्रका सरकारी तथा ऐलानी जग्गा संरक्षणका लागि समुदायमा आधारित यस्ता पार्क तथा सामुदायिक भवन निर्माणको कामलाई प्राथमिकता दिदै आएको छ ।
पछिल्ला समय दमकको रतुवा खोलाधार तथा विभिन्न खोलाखोल्सी तथा सार्वजनिक जग्गाहरुमा अतिक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न प्रयासहरु थालिदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्