झापा, असार १४ । नेपाली मजदुरहरु घर फर्किएपछि भारत हिमाञ्चल प्रदेशको स्याउ खेर जाने भएको छ ।

अबको एक महिनामा बजारमा बिक्री गर्नका लागि स्याउ तयार हुँदैछ । तर, स्याउ टिप्ने मानिस नहुँदा बजारमा कसरी बिक्री गर्ने चिन्ताले स्याउ कारोबारीहरु चिन्तित देखिएका छन् ।
हिमाञ्चल प्रदेशमा करीब पाँच लाख नेपाली मजदूरले स्याउ खेतीमा काम गर्ने गरेका थिए । जसलाई हिमाञ्चल प्रदेशमा स्याउको अर्थव्यवस्थाको मेरुदण्ड मानिन्छ । अप्रिलपछि कुनै पनि नेपाली मजदुर बगानमा फर्केका छैनन् । पहिला कारोना महामारी र लकडाउनले समस्या पारेको थियो । अब नेपाल र भारतबीचको बिग्रदो सम्बन्धलाई लिएर स्याउ कारोबारी चिन्तामा देखिएका छन् ।
नेपाल र भारतबीच बिग्रदो सम्बन्धले गर्दा नेपाली मजदुर फेरि भारत जाने संभावना न्यून छ । नेपाली मजदुरहरुले लकडाउनमा घर नफर्केर भारतमै रहने निर्णय गरेका थिए । तर, नक्सा विवादका कारण सबै नेपाली मजदुरहरु घर फर्किसकेका छन् । नेपाली मजदुरहरु स्याउ टिप्ने सिजनभन्दा निकै अगाडि मार्च—अप्रिलको महिनामा भारत जाने गरेका थिए । उनीहरुले स्याउ टिप्नेदेखि लिएर स्याउलाई प्याकेजिङ्ग, ट्रकमा लोडिङ्ग र अनलोडिङ्गको काममा पनि माहिर मानिन्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्